कपिलवस्तुमा २ जनालाइ कोरोना देखियाे

कपिलवस्तुमा २ जनालाइ कोरोना देखियाे

38 Shares

काठमाण्डाै :  नेपालमा फेरि दुइ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । संक्रमण देखिएकाे हाे । याे संगै नेपालमा काेराेनाका संक्रमितकाे संख्या सय नाङेकाे छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित नागरिक कपिलवस्तु नगरपालिका वडा नं. ८ का रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो वडा साविक दोहनी गाविस हो । तौलिहवा लुम्बिनी सडकखण्डमा पर्ने वडा नं. ८ सदरमुकाम तौलिहवाबाट नजिकै छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *