अमेरिकाबाट दिबेशले भने: ‘टप ७ मा पुर्याउन भोट गरिदिनु होला’ (भोट गर्ने तरिका सहित)

अमेरिकाबाट दिबेशले भने: ‘टप ७ मा पुर्याउन भोट गरिदिनु होला’ (भोट गर्ने तरिका सहित)

7K Shares

काठमाडौं: अमेरिकन आइडल’को १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट १० मा पुग्न सफल भएका छन्। आफुलाई अर्थर गनअका नामले समेत चिनाउने गायक दिवेश पोखरेल विश्वचर्चित गायन रियालिटी सो अमेरिकन आइडलको टप १० मा आफ्नो स्थान सुरक्षीत राख्न सफल भएका हुन् । पोखरेल ‘अमेरिकन आइडल’को टप १० मा छानिएसँगै उनका सर्मथकहरु थप उत्साहित बनेका छन् ।

सिंगाे विश्व नै काेराेना भाइरसकाे कहरमा अल्झिरहेकाे बेला नेपाली युवा पोखरेल भने सबैलाई खुसि बाडिरहेका छन् । संसारभर छरिएर रहेका नेपालीमाझ खुसि दिलाउने काम गरेका नेपाली दिवस पाेखरेल ‘अमेरिकन आइडल’को १८ औं संस्करणमा सहभागी हुँदै उत्कृष्ट १० मा पुग्न सफल भए । विश्वकै ठूलो मानिएको गायन रियालिटी शो अमेरिकन आइडलमा टप १० मा स्थान बनाउनु ठुलो उपलब्धि हो ।

कोरोना भाइरसको महामारीका बीच पनि सोले आफ्नो बाँकी प्रस्तुती प्रशारणमा ल्याउने निर्णय गरेको अमेरिकन आइडलमा सबै जजहरुको मन जितर आइडलको ढुकढुकी नै बनेका दिवेशलाई विश्वभरका नेपालीका अलावा उनको संगीत संगीत रुचाउने पारखीहरुले पनि खुलेर भोट हालेसँगै दिवेश टप १० मा छानिन सफल भएका हुन् यसैबिच अर्को चरणको भोटीगं पनि सुरु भएको र दिवेश र उनको परिवारले विश्वभरका नेपालीहरुमाझ भोटीगं गर्नका लागी पनि आग्रह गरेका छन् ।

आइडलको विभिन्न चरणमा दिवेशले दिएको प्रस्तुतीपछि अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीले उनको खुलेर प्रशंसा गरेसँगै दिवेशको चर्चा थप चुलीएको छ ।

भाेट गर्ने तरिकाः
१ माेबाइलकाे म्यासेज बक्समा १६ लेखेर २१५२३ मा म्सासेस पठाउनु पर्ने छ ।
२ अमेरिकन आइडलकाे एप्लिकेसन डाउनलाेड गरेर इमेल एकाउण्ट राख्दै भाेट गर्न सकिने छ ।
३ अमेरिकन आइडलकाे वेवसाइट idolvote.abc.com मा गएर पनि भाेट गर्न सकिने छ ।

देश बाहिरका बिभिन्न रियालिटि शाेमा नेपालीहरूले सहभागिता जनाउदै आएका छन । तर अमेरिकाको रियालिटी शो अमेरिकन आइडलमा छानिने उनी पहिलो नेपाली हुन् । काठमाडौंका पोखरेल हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *