कांग्रेस वरिष्ठ नेता पौडेललाई जापान सरकारद्वारा सम्मान

कांग्रेस वरिष्ठ नेता पौडेललाई जापान सरकारद्वारा सम्मान

212 Shares

काठमाडौं, १८ वैशाख : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ दिने निर्णय गरेको छ ।

जापानस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गरी जापान सरकारले यो वर्षको उक्त अवार्ड पूर्व सभामुख समेत रहेका पौडेललाई दिने निर्णय गरेको जनाएको हो ।

जापान सरकारले बिहीबार यो निर्णय गरेको हो । नेपाल–जापान बीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत यस्तो विभूषण प्रदान गर्ने निर्णय गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

पौडेलले सभामुख भएको बेलामा जापान-नेपाल फ्रेन्डशीप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले उनलाई सो अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *