राेकिएन महामारी: कोरोनाबाट १६ हजार बढिकाे ज्यान गयाे

राेकिएन महामारी: कोरोनाबाट १६ हजार बढिकाे ज्यान गयाे

9 Shares

विश्वभर महामारीकाे रूपमा फैलिएकाे कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या १६ हजार नाघेकाे छ । महामारीकाे रूपमा फैलिएकाे काेराेनाकै कारण मंगलबार मात्रै एकै दिन १८ सय ५४ जनाको मृत्यु भएको छ। दिन प्रतिदिन ज्यान गुमाउनेकाे संख्या बढिरहेकाे छ । अहिलेसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ हजार ४ सय ९५ पुगेको छ। सबैभन्दा धेरै इटलीमा हिजो ६ सय १ जनाको मृत्यु भएको छ। यो सँगै त्यहाँ मृत्यु हुनेको संख्या ६ हजार ७७ पुगेको छ।

हिजो ४ हजार ७ सय ८९ जना नयाँ संक्रमित भेटिएपछि इटलीमा संक्रमितको संख्या झण्डै ६४ हजार पुगेको छ। स्पेनमा हिजो एकै दिन ५ सय ३९ जनाको मृत्यु भएको छ। ६ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा हिजो १ सय ३२ जनाको मृत्यु भएको छ भने झण्डै १० हजार नयाँ विरामी भेटिएपछि संक्रमितको संख्या ४३ हजार ४ सय ६९ पुगेको छ।

फ्रान्समा हिजो १ सय ८६, इरानमा १ सय २७, बेलायतमा ५४, नेदरल्याण्ड्समा ३४, जर्मनीमा २९ र स्वीट्जरल्याण्डमा २२ जनाको मृत्यु भएको छ। विश्वभर कोरोना संक्रमितको संख्या ३ लाख ७८ हजार नाघेको छ। जसमध्ये १ लाख भन्दा धेरै मानिस उपचार पछि निको भएर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *