प्रधानमन्त्री ओलीको जन्मदिन मनाउन सार्वजनिक बिदा (विज्ञप्तिसहित)

प्रधानमन्त्री ओलीको जन्मदिन मनाउन सार्वजनिक बिदा (विज्ञप्तिसहित)

32 Shares

जन्मथलो तेह्रथुममा पुगेर प्रधानमन्त्री केपी ओली आज ६९ औं जन्मदिन मनाउँदै छन् । जन्मदिनको अवसरमा सनिबार आफ्नो पुस्तक भिजन टू एक्सन सार्वजनिक गरेका प्रधानमन्त्री ओलीको जन्मथलो तेह्रथुममा ६९ औं जन्मदिन मनाउने कार्यक्रम रहेको छ । २००८ फागुन ११ गते आठराईमा जन्मेका प्रधानमन्त्री ओली तेह्रथुम प्रस्थान गर्नु पहिले बालुवाटारमै केक काटिएको छ ।

प्रधानमन्त्री ओलीको जन्मदिन मनाउन आठराई गाउँपालिका तेह्रथुमले आइतबार सार्वजनिक बिदा समेत दिएको छ । फागुन ६ गते बसेको गाउँपालिकाको बैठकले प्रधानमन्त्रीको जन्मदिन मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यो संगै प्रधानमन्त्री ओलीले विभिन्न विकास निर्माणका कार्यक्रमहरुको सिलान्यास गर्ने कार्यक्रम समेत रहेकोले आइतबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराई गाउँपालिका जाँदैछन् । प्रधानमन्त्री ओलीले आठराईमा विकास निर्माणसम्बन्धी कार्यक्रम शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । गाउँपालिकाले आइतबार सरकारी कार्यालय, सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साथै, प्रधानमन्त्री आउने भएकाले सरकारी कर्मचारी तथा सरकारी विद्यालयका शिक्षक शिक्षिकालाई सरकारी पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । आठराई गाउँपालिकामा प्रधानमन्त्रीको पुरानो घर नजिकै हेलिप्याड निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *