बधाई ! भाइरल भयाे 'सम्झी रुना रुना' (भिडियो)

बधाई ! भाइरल भयाे ‘सम्झी रुना रुना’ (भिडियो)

1K Shares

अछामकी नवगायीका झुप्री भण्डारीकाे पहिलाे गीत सम्झि रुना रुना अत्याधिक रुचाइएकाे छ । बुधबार बेलुकि सार्वजनिक भएकाे गीत करिव ६ लाख ५० हजारले हेरेका छन । आफ्नै जीवनका भोगाईमा आधारित गीतको भिडियो र सब्द लय सबैले धेरैलाई रुवाएको छ । झुप्रिले आफ्नो गीत अहिले बजारमा आएको र सबै स्रोताहरुलाई सेयर गरिदिन आग्रह गरेकी छिन् ।

समाजमा दृष्टिबिहीनलाई हेर्ने दृष्टिकोण गरिने व्यवहारका कारण आफुले धेरै दुख पाएको बताउदै आएकी झुप्री द भ्वाइस अफ नेपालबाट धेरैको माझमा छाएकी झुप्रिलई धेरैले चिनेका थिए । आफूले आँखा न’देखेपनि फोन गर्ने सम्झने सबैलाई उनले धन्यवाद दिएकी छिन् । सधैँ निरासामा बसिरहने झुप्रीले पहिलो पटक आफूल माया पाएको बताएकी छन् । पहिलाे गीत बजारमा आएसंगे झुप्रिलई चिन्ने र माया गर्नेहरु बढेका छन् ।

आफ्नै जिन्दगीको वास्तविकतालाई गीतमा उ’तार्ने झुप्रीलाई काठमाण्डौसम्म ल्याएर संसारभर चिनाएका कमल संघर्षले ‘सम्झी रु’ना रु’ना’को गीत लेखनमा सघाएका छन् । गीतमा पाण्डव विष्टको लय रहेको छ भने एरेन्ज विनोद बजुरेलीले गरेका हुन् । गीत सडक मिडियाले बजारमा ल्याएको हो । गीतको भिडियो निर्देशन कमल संघर्ष र वरुण रिजालले गरेका छन् । झुप्रीकै घरमा कैद गरिएको भिडियोको दृश्यमा झुप्री सहित उनका बुवा आमालाई देख्न सकिनेछ।

भिडियाे हेर्नुहाेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *