बन्ला त झुप्रिको आँखा ? भिडियो सहित

बन्ला त झुप्रिको आँखा ? भिडियो सहित

36 Shares

अछामकी प्रतिभा झुप्री भण्डारीको आँखा जाँच गरिएको छ । आँखारोग विशेषज्ञ डा. वेन लिम्बुले झुप्रीको आँखा जाँच गर्नु भएको थियो । जन्मजात दृष्टिविहिन उनको आँखाको विकासनै नभएको कारण आँखा प्रत्यारोपण गर्न सकिने सम्भावना भने निकै कम रहेको डा. लिम्बुले बताउनु भएको छ ।

एकपटक संसार देख्ने उनको ठुलो सपना छ । जिन्दगीदेखि विरक्त देखिने उनलाई माया गर्ने, हेला गर्ने सबैलाई एकपटक आफ्नै आँखाले देख्न मन थियो । डा.लिम्बुको कुरा सुन्दा उनको त्यो सपना साकार हुन असम्भव छ । आँखा नदेखे पनि धेरै कामहरु गर्न सकिन्छ भन्दै डा. लिम्बुले झुप्रीको हौसला बढाउनु भएको थियो । दृष्टिविहिन भएर पनि संसारमा धेरैले ठुलो उपलब्धि हासिल गरेकाले निरास नहुन उनले आग्रह समेत गरे ।

द भ्वाइ अफ नेपालमा प्रस्तुत झुप्रीलाई देश विदेशमा बस्ने धेरै नेपालीले उनको आँखालाई लिएर जिज्ञासा राख्नु भएको थियो । आँखा नदेखे पनि झुप्रीको मनको आँखाले संसार देखोस् भन्दै कामना गर्न दिन चाहान्छौ । झुप्रीको नयाँ गीत सम्झि रुना रुना चाँडै सार्वजनिक हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *