मष्टाबण्डालि छाउगोठमुक्त घोषणा

मष्टाबण्डालि छाउगोठमुक्त घोषणा

3 Shares

सुशील भण्डारी ,अछाम :अछामको कमलबजार नगरपालिकामा छाउगोठ मुक्त वडा घोषणा अभियान तीब्र रूपमा अगाडि बढीरहेको छ । आज एक भब्य कार्यक्रमका बीच धार्मिक रूपमा सबैभन्दा महत्वपूर्ण ठाउँको रूपमा मानिएको वडा नम्बर ९ मष्टाबण्डालि लाई छाउगोठमुक्त घोषणा गरिएको छ ।

वडाध्यक्ष दुर्गा प्रसाद बजगाइको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश विष्टको रहनु भएको थियोे । प्रमुख अतिथिको आसन बाट बोल्दै नगरप्रमुख विष्टले छाउगोठ भत्काएर महिलामाथिको हिंसा अन्त्य गर्ने अभियानमा आफुहरु पूर्ण रुपले सफल बनेको बताउनु भएको छ । असुरक्षित घरको रुपमा रहेको छाउगोठ पूर्णरुपमा भत्काउन आवश्यक रहेको र कमलबजार नगरपालिकालाई नै छाउपडी गोठमुक्त घोषणा गर्न सवै लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

त्यस्तै सभामा बोल्दै कार्यक्रमका विशिष्ट अतिथी नगर उप–प्रमुख भूमिशरण ढकाल बजगाईले अब छाउप्रथाकै कारण कुनैपनि महिलाले हिंसा सहनु नपर्ने भन्दै छाउबार्न गोठमा बस्ने चलन सधैंका लागि अन्त्य हुने बताउनुभयो । छाउपडी गोठ मुक्त अभियानले अन्धविश्वास र कुरुती हटाउने सकारात्मक सन्देश प्रवाह गरेको बताउनु भयो । गोठमा बस्नु पर्ने र असुरक्षा, अस्वस्थता र विभेदको पीडाले थलिएका महिलाहरूका लागि ठूलो राहत पुग्ने उहाले बताउनुभयो ।

वडामा रहेका सबै गोठ भत्काएर महिनावारी भएका महिलाहरू सुरक्षित रुपमा घर भित्रै बस्न थालेपछि उक्त वडालाइ भव्य समारोहकाबीच छाउ गोठ मुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष दुर्गा प्रसाद बजगाइले बताए । कार्यक्रममा कमलबजार नगरपालिकाको वडा नम्बर १ का अध्यक्ष तेज बहादुर बिष्ट ,रण वडा नम्बर ३ का अध्यक्ष जगत बहादुर बिष्ट ,वडा नम्बर वडा नम्बर ४ का अध्यक्ष ललित ढोली,वडा नम्बर ५ का अध्यक्ष नन्दसिंह चलाउने ,वडा नम्बर ७ का अध्यक्ष गोबिन्द बहादुर भण्डारी ,वडा नम्बर १० का अध्यक्ष भिम बहादुर बिष्ट , नगरपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत खड्गबहादुर बिष्ट,नेपाल कम्युनिस्ट पार्टीका खड्क भण्डारी ,नेपाली काङ्ग्रेसका धिरेन्द्र शाही, महिला अगुवा मना अधिकारी , जिल्ला सदस्य तप्त बहादुर बिष्ट , उद्योग बाणिज्य संघका सचिव कृष्णप्रसाद ढकाल, ईलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी निरिक्षक कृष्ण राज पन्त , नगरपालिकाका पोषण शाखाका संयोजक पवित्रा भण्डारी , लगायतले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रमको संञ्चालन वडा सचिव लोग बहादुर सिजापतिले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *