प्राथमिक स्वास्थ्य केन्द्र चौरमाण्डौमा एक्स–रे सेवा सुचारु

प्राथमिक स्वास्थ्य केन्द्र चौरमाण्डौमा एक्स–रे सेवा सुचारु

8 Shares

पूर्ण बहादुर खड्का, अछाम : जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र चौरमाण्डौमा एक्स–रे मेशिन जडान भएको छ । मेसिन जडान भएसंगै एक्सरे सेवा समेत सुचारु भएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा यसअघि एक्सेर मेसिन नभएको अवस्थामा पहिलो पटक जडान गरिएको हो ।

राष्ट्रीय सभा सदस्य शेर बहादुर कुँवरले एक्सरे मेसिनको स्वीच वन गर्दै उद्घाटन गर्नुभएको थियो । एक्सरे मेसिनको उद्घाटन पश्चात बोल्दै राष्ट्रीय सभा सदस्य कुवँरले चौरपाटी गाउँपालिकाका जनताले सामान्य चोट पटक लाग्दा समेत अन्यन्त्र जानुपर्ने बाध्यता अब अन्त्य हुने बताए ।

यस्तै कुवँरले यस्ता मेडिकल उपकरणहरुको स्वास्थ्यकर्मिले सुरक्षा गर्नुपर्ने भन्दै कुँवरले अन्य थप उपकरणका लागी आफुले केन्द्रमा समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्राथमिक स्वास्थ्य केन्द्र चौरमाण्डौँलाई राष्टिय बिमा बोर्डले एक्सरे मेसिन निशुल्क रुपमा उपलब्ध गराएको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताउनु भयो ।

न्याय हेल्थ नेपाल र चौरपाटी गाँउपालिकाको सयूक्त व्यावस्थापनमा प्राथमिक स्वास्थ्य केन्द्र संचालन हुदैँ आईरहेको छ । जिल्लामा स्वास्थ्य बिमा लागु भएपछि राष्टिय बिमा बोर्डले एक्सरे मेसिन उपलब्ध गराएको थियो । स्वास्थ्य बिमामा आबद्ध भएका जनता र अन्य सेवाग्राहीका लागि अब उपचारमा सहजता आउने न्याय हेल्थ नेपालका स्वास्थ्य व्यावस्थापक हिम बिश्वकर्माले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *