`संयोग´

`संयोग´

0 Shares

आकासबाट एउटा ताराको विलय हुनु
र यस धरतीमा तिम्रो जन्म हुनु
एउटै पलमा भयो।

इतिहास लेख्नेले इतिहासको प्रथम पन्ना
जुन किसिमले रंगायो/सजायो
कास अन्तिम पन्ना…!

तिमी जन्मियौ, घरको धुरी थोरै लच्कियो
कन्दराक‍ो गीतले तिमी नै रोयो
तिमीले सब स्विकार्यौ।

सजाएर कहाँ सजिन्छ र सिउँदो रङबिना
फुलाएर फुल्दैन गुराँस `गोवी´मा
रपनि प्यासले मागेन पानी।

ओरालो दगुर्यौ, उकालोमा भारी बिसाएनौ
हिँडिरहन्थ्यौ एन्डिजको उकालो
खै तिमी कहाँनेर चुक्यौ?

सुर्य नारायण उदाए पछि मात्रै अस्ताउँछन्
तिमी बाँचेको भूगोलमा पूर्व थिएन?
उदाएन, तर अस्तायो।

मेरो अस्तित्वको प्रश्नले मलाई नै चुटेको हो
दगुर्दा सहारामा मिराज मात्रै देखेँ
अहँ! जलपिण्ड भेटिँन!

कास आफूलाई मैले बुझाउन सकेको भए-
सबै नदीहरूमा माछा पौडिदैनन्
जोर्डन तिम्रो नियति हो।

कास आफूलाई मैले सम्झाउन सकेको भए-
तारा खसेकै पल तिम्रो जन्म हुनु
एउटा संयोग मात्रै थियो…!

@Suman Bhattarai

Leave a Reply

Your email address will not be published. Required fields are marked *