गायिका आस्था केही दिन भारतमै रहने

गायिका आस्था केही दिन भारतमै रहने

0 Shares

सिक्किममा रहेकी गायिका आस्था राउत तत्काल नेपाल नफर्कने भएकी छन् । १० दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घट’नाले जिल्ला प्रशासन कार्यालय काठमाडौंले प’क्राउ पूर्जी जारी गरिएका बेला उनी तत्काल स्वदेश नफर्कने भएकी हुन् ।

माघ १ बुधबार भद्रपुरको उडान हुँदै पूर्वी नेपालबाट सिक्किम जान लागेका आस्थाको त्रिभुवन विमानस्थलको चेकजाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठसँग भनाभन र त्यसपछि उनले सामाजिक सञ्जालमा आ’क्रोशित हुँदै भिडियो सार्वजनिक गरेपछि वि’वादमा परेकी हुन् ।

सोही भिडियोलाई लिएर प्रहरी जवान रमिताले प्रहरीमा अभद्र व्यवहारसम्बन्धी जाहे’री दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आस्थाविरुद्ध प’क्राउ पूर्जी जारी गरेको छ ।

चर्चित गायिका रावत यतिवेला कार्यक्रममै व्यस्त रहेकि छिन । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले भारतको गणतन्त्र दिवसको अवसरमा यही जनवरी २६ तारिखमा हुने कार्यक्रममा आफ्नो सहभागिता रहने बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *