वान्नीगढी जयगढ गाँउपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

वान्नीगढी जयगढ गाँउपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

7 Shares

माघ ११ अछाम : जिल्ला वान्नीगढी जयगढ गाँउपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार जयगढमा सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक वर्ष ०७५÷०७६ मा भएका विकास निमार्ण र विभिन्न कार्यक्रम तथा सामाजिक सेवा प्रवाह र विकास निमार्णको गुणस्तरको विषयमा कार्यक्रममा छलफल भएको छ ।

कार्यक्रममा सहभागिहरुले वान्नीगढी जयगढ गाउँपालिकाले जनाताको आवश्यकतामा आधिरित विकास निमार्णका कार्यहरु पुरा गरी समृद्ध गाउँपालिका निमार्णमा लाग्नु पर्नेमा जोड दिएका छन् । गाँउपालिका अध्यक्ष राजेन्द्रवहादुर खड्काले समृद्ध गाँउपालिका निमार्णको लागि जनताको साथ अपरिहार्य भएको वताउनुभएको छ ।

गाउपालिकाले जनताका आवश्यकताका योजना छनौट तथा कार्यान्वन गर्ने र जनताले विकास निमार्ण र शुसासनको काममा दिने साथले गाउपालिका समृद्ध वनने उहाले वताउने भएको हो । साथै उहाँले केही अराजक तत्वहरु पालिका र विकास बिरोधीको रुपमा पालिकाका बिरुद्ध लागिरहेकोले त्यस तर्फ सचेत रहन आवश्यक रहेको समेत उहाँको भनाई थियो । कार्यक्रममा सहभागिहरुले राखेको जिज्ञाशाको जवाफ अध्यक्ष राजेन्द्रवहादुर खड्का, उपाध्यक्ष लोेकवहादुर साउद, वान्नीगढी जयगढ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेसराज ढुंगाना, वडा अध्यक्ष तथा विषयगत शाखाका प्रमुखहरुले दिनुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका मुख्य विषय मदिरा नियन्त्रण, छाउपडी कुप्रथा तथा विकास निमार्णमा भएका कमि कमजोरीलाई गाँउपालिकाले आगामी दिनमा गाँउकार्य पालिकाको बैठकमा नियर्ण गर्ने र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छ । कार्यक्रममा नेपाली कांग्रेसका चन्द्र लुहार, नेकपाका जगत रावल, गाउपालिका उपाध्यक्ष लोकवहादुर साउल र अध्यक्ष राजेन्द्र खड्काले गाउँपालिकाको विकास निमार्णमा आफु र संस्थाको तर्फवाट सकारात्मक भुमिका खेल्ने प्रतिबद्धता जनाउनु भएको छ ।

दुई सय जना बढीको सहभागिता रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेसराज ढुंगानाले कार्यक्रमको उदेश्य, औचित्य तथा आचारसंहिताको वारेमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजिकरण पत्रकार खम्म खत्री र एकेन्द्र महताले गनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *