विश्व कुष्ठरोग दिवसमा अछाममा अन्तरक्रिया

विश्व कुष्ठरोग दिवसमा अछाममा अन्तरक्रिया

0 Shares

अछाम :६७ औं विश्व कुष्ठरोग दिवस अछाममा पनि मनाईएको छ । स्वास्थ्य कार्यालय अछामको अछामको आयोजनामा “कुष्ठरोग बिरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानवअधिकारको सम्मान“ भन्ने मुल नारा सहित दिवस मनाईएको हो । स्वास्थ्य कार्यालय अछाममा पत्रकारहरुसंगको अन्तरक्रियामा कुष्ठरोगको अवस्थाबारे जानकारी गराईएको थियो ।

कार्यक्रममा सन २०२० भित्र प्रति १० हजार जनसंख्यामा कुष्ठरोगिको संख्या १ जनाभन्दा कम गर्ने लक्ष्य रहेको जानकारी गराईएको थियो । नेपालमा आर्थिक वर्ष २०७५र७६ मा नयाँ पत्ता लागेका ३ हजार २८२ जना मध्ये महिला १ हजार १४३ जना रहेको तथ्यांक सो अवसरमा जानकारी गराईएको थियो ।

हाल सुदुरपश्चिम प्रदेशमा २६६ जना कुष्ठरोगि रहेका छन भने प्रकोपका हिसाबले कैलाली पछि दोस्रो नम्वरमा अछाम रहेको पाईएको छ । अछामका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा सेवा लिन आएको तथ्यांक अनुसारको तथ्यांक हेर्दा रामारोशन गाउपालिकामा ८ जना, बान्निगढिमा २, मेल्लेखमा १, तुर्माखादमा १, ढकारिमा १, पञ्चदेवल बिनायक नगरपालिकामा ८, साफेबगरमा ७, कमलबजारमा २, चौरपाटि गाउपालिकामा १ र मंगलसेन नगरपालिकामा १९ जना कुष्ठरोगि रहेको स्वास्थ्य कार्यालय अछामको तथ्यांकले देखाएको छ ।

अछाममा जम्मा ५० जना बिरामी रहेको मध्ये ४७ पुरुष, २ बालबालिका र १ महिला छन । रोग सर्ने दर कम गर्न जिल्लामा विभिन्न कार्यक्रम चलिरहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनुभयो । बिरामीहरु अपांगता भईसकेपछि मात्रै उपचारमा आउने भएकोले समस्या हुनेगरेको उहाको भनाइ छ ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघका सचिव होमबहादुर साउदले रोग निवारण गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न सञ्चार माध्यमबाट सकारात्मक सन्देश प्रकाशन, प्रशारण भईरहेको र रोग निवारणका लागि सञ्चार माध्यमको भुमिका रहने बताउनुभयो । कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपटराज ढुंगानाले गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा जिल्लका विभिन्न माध्यममा कार्यरत पत्रकाहरूकाे हरुको सहभागीता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *