झुप्रीलाई नगरपालिकाको सम्मान

झुप्रीलाई नगरपालिकाको सम्मान

0 Shares

चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालबाट चर्चामा आएकि झुप्रि भण्डारीलाई मंगलसेन नगरपालिकाले २० हजार अार्थिक सहयाेग गरेकाे छ ।

नगरपालिकालाई पूर्ण साक्षर नगर घाेषणा कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो । गायनमा राम्राे क्षमता हुँदाहुँदै पनि पछाडि परेकि झुप्रीको पहिचान भएसंगै देश विदेशबाट चर्चा परिचर्चा भएसंगै नगरपालिकाले पहिलाे पटक झुप्रीलाई सहयाेग गरेको हो ।

पूर्ण साक्षर नगर घाेषणा सभाका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य यज्ञबहादुर बाेगटि र अध्यक्ष्य नगरप्रमुख बाेहराले झुप्रिलाई पुरस्कार बितरण गर्नुभएको थियाे । कार्यक्रममा झुप्रीले अाफ्नाे प्रस्तुति समेत राखेकि थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *