झुप्री भण्डारीको गीत रेकर्ड – भिडियो

झुप्री भण्डारीको गीत रेकर्ड – भिडियो

0 Shares

पछिल्लाे समय निकै चर्चामा रहेकि झुप्री भण्डारीको पहिलाे गित रेकर्ड भएको छ । सिङ्गिङ रियालिटि शो द भ्वाइस अफ नेपालबाट सबैको मन जितेकि झुप्रीको पहिलो गीत रेकर्ड भएको हो । झुप्रीलाई भ्वाइस अफ नेपालसम्म पुर्याएका कमल भण्डारी फेसबुकमा पोष्ट राख्दै झुप्रीको गित रेकर्ड भएको जानकारी गराएका छन ।

द भ्वाइसको ब्लाइण्ड अडिसनमा ‘सम्झि रुना रुना’ बोलको आफैले बनाएको गीत गाएकि झुप्रीले देश विदेशमा रहेका धेरै नेपालीको मन जितेकि थिइन् । सुदूरपस्चिमको अछाम जिल्लामा जन्मेकि उनि जन्मजात दृष्टि’विहिन हुन । दृष्टिविहिन भएपनि झुप्रिले आफ्नो गायन शैलिले धेरैलाइ अचम्मित पारेकि छिन । ब्याटलबाट बाहिरिएकि उनलाई द भ्वाइसले फिनालेमा समेत बोलाएको थियो ।

यस्तो छ कमलको फेसबुक पोष्ट
सेयर गरिदिनु होला
सबैलाई नमस्कार, तपाईंहरुको माया र हौसलाले नै झुप्री भण्डारीको गीत रेकर्ड गर्ने आँट गरेका छौं । यो सानाे प्रयासलाई फेरि तपाईंहरुको मायाले सफल बनाउनेछ भन्ने ठुलो आशा बोकेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *