छाउगोठ विरुद्ध मन्त्रि सहितको टोली अछाममा, १३ बुँदे घाेषणापत्र जारी

छाउगोठ विरुद्ध मन्त्रि सहितको टोली अछाममा, १३ बुँदे घाेषणापत्र जारी

209 Shares

कमल भण्डारी: अछाम जिल्लालाई सामाजिक कुप्रथा छाउपडीगोठ मुत्त गरिने भएको छ । धमाधम छाउगोठ भत्काउने कार्य जारिरहेको अछामलाई एक कार्यक्रम मार्फत छाउगोठ मुत्त घोषणा गरिने घोषणापत्र जारी गरिएको छ ।

सोमबार जिल्ला सम्वन्नय समितिको हलमा सम्पन्न छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवर्द्धनका लागि साझा अभियान २०७६ बिषयक एकदिने अन्तरक्रिया कार्यक्रम मार्फत जिल्लालाई फागुनभित्रै छाउगोठमुक्त घोषणा गर्ने प्रतिबद्धतासहित १३ बुँदे घोषणापत्र जारी गरिएको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा अछाम सदरमुकाम मंगलसेनमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रम छाउपडि समस्या सम्वन्धि खुला छफलल गर्दै जिल्लालाई छाउगोठमुक्त घोषणा गर्ने घोषणापत्र जारि गरिएको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, महिला तथा सामाजिक विकास समिति सभापति निरु पाल, प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी, लगायत जिल्लाका दशवटै स्थानीय तहका प्रमुख प्रतिनिधिहरुले उक्त १३ बुँदे घाेषणापत्रमा हस्ताक्षर गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले समाजमा जरा गाडेको छाउपडि कुप्रथालाई हटाउन सरकारले नीतिगत रूपमै अघि बढेको भन्दै छाउगोठमा बस्ने परम्परा हटाउन सबैले आ आफ्नाे ठाउँबाट सहयोग गर्नेमा विस्वस्त रहेको बताउनु भयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि स्वास्थ्य, जनसङख्या तथा राज्य मन्त्रि नवराज रावलते आजभन्दा धेरै बर्ष अगाडि आफैले छाउगोठ भत्काउदा सामाजिक रुपमा वहिस्कार हुनुपरेको दुखद घटना स्मरण गर्दै पवित्र महिनावारी प्रक्रियालाई छाउपडि कुप्रथाका रुपमा स्थापित नगराउन सबैले आफैबाट परिवर्तनको सुरुवात गर्नु पर्ने निचोड निकाल्नु भयो ।

जिल्ला सम्मन्वय समितिका संयोजक नरबहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा माननिय, मन्त्रालयका प्रतिनिधि लगायत जिल्ला स्थित सम्पुर्ण सराेकारवालाको उपस्थिति रहेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *