कार्ल माक्सको जन्मथलोबाट क. रावललाई  खुला पत्र

कार्ल माक्सको जन्मथलोबाट क. रावललाई खुला पत्र

0 Shares

श्रदेय कामरेड भिम रावल,
अभिवादन

मैले धेरै कम मान्छेहरु प्राय मेरा गुरुहरुलाई मात्र श्रेदय शव्दको प्रयोग गर्छु किनकी मैले यो शब्दको गहिराई अत्यन्तै गहिरो छ भन्ने ठानेको छु। साहेद त्यति नै गहिराई तपाईको क्षमता, योग्यता, र योगदानको छ जति यो शब्दको छ। त्यसैले तपाईंलाई यो शब्दावलीले अभिवादन ब्यक्त गर्दै गर्दा मेरा हरेक शव्दहरुले तपाईको राजनितीक उचाईलाई सम्मान गर्न सकिन र कहि कतै गलत कुरा समाबेश हुन गएछ भने क्षमा हुनेछ भन्नेमा बिश्वस्त छु।

कामरेड, यतिबेला म उच्चशिक्षा अध्यनका लागि जर्मनीमा छु र University of Bonn मा अध्ययन गरिरहेको छु। यो बिश्वबिद्धालय माक्र्सवादका बिचारक, प्रतिपादक तथा २०औ शदाब्दिका प्रमुख दार्शनिक क. माक्सले पनि अद्य्ययन गर्नुभएको सस्था हो। म भौतिकशात्रको बिध्यार्थी हु तर मैले मेरो जिवनको करिब एक दसक भन्दा बढी समय माक्र्सवादको वकालत गर्ने तपाईं जस्तै नेता कार्यकर्ताहरुको संगत तथा प्रशिक्षणमा बिताएको छु। त्यसैले आज क. माक्स जन्मेको मैदाम तथा पढेको बिश्वबिद्धालयको एक छात्रबासबाट नेपालि राजनितिमा माक्र्सवादको ब्याख्यतालाई एक सच्चा अनुयायीको तर्फ बाट केही सझाबहरु तर्क सङत ढङ्गले दिने कोसिस गरिरहेको छु।

अछामको बुढिगङामा बाल्यकालमा बाउती हान्दै वारपार गर्ने रावल आफ्नो एसएलसी उतिर्ण गरेर कर्णालीमा पुल नहुदा भारतको बाटो हुँदै अनेकौं अप्ठेराहरुलाई छिचोल्दै काठमाडौ पुग्नु भो र जिन्दगी केही सपनाहरुको गङामा पौडिन थाल्नु भो, तपाईको पौडी जारिछ। यो दुनियालाई थाहाछ। तपाईं जसरी १५ बर्षको कलिलो युवा भारतको बाटो, विभिन्न कष्ट भोग्दै, झेल्दै र भारतको सिमानको दादागिरी कलिलो मस्तिस्कमा भरिभराउ गरेर काठमाडौ पुग्नु भैइ रत्न राज्यलक्षमी क्याम्पसमा भर्ना हुनुभो। आर आर क्याम्पसको राजनितीक माहोल र तपाईको कलिलो मस्तिस्कमा भरिएको भारतको दादागिरिको छाप साहेद तपाईं जिन्दगिको सबै भन्दा बलियो अस्र थियो तपाईलाई आज यो राष्टको सबै भन्दा सच्चा देशभक्त बन्ने बाटोमा डोर्याई रहने। अरुले अन्य मुद्दा उठाउदै गर्दा तपाईंले भोगेको भोगाईका बिरुद्धको लडाई लडन धेरैलाई जगाउनु भो। पन्चायतको बिरुद्द लड्नु भो। साथै आफ्नो अध्ययनको उचाईलाई यति उचाईमा पुर्याउनु भो साहेद त्यो उचाई त्यो त्रिभुवन बिश्वबिद्धालय त्यो बिभागमा अझैसम्म कसैले पाउन सकेको छैन। तपाईको स्नातकोत्तरको थेसिस नै नेपाली कम्निष्ट आन्दोलनको पहिलो लिखित पुस्तक तथा अनुसन्धान हुन पुग्यो। सायद त्यसको खण्डन गर्न सक्ने अनुसन्धान भएको छैन। जसले तपाईको राजनितीको पौडिलाई गङाको बिच भागमा पुर्यायो। दुनियाको नजर तपाईं प्रती खिचियो। पार्टी नेताहरुलाई आ-आफ्नो नजिकको मान्छे भन्नेमा खिचातानी भो। एसएलसी पास नभएकाहरुले तपाईको सहयोग लिन थाले। बिदेशी सङ सम्बाद गर्न English मा लेखिएका दस्ताबेजहरु पढ्न, बुझ्न तपाईको सहयोग लिन थाले। जस्ले गर्दा तपाईं सबैको प्रिय मान्छे बन्नु भो।

तपाईले भोगेको भोगाईका कयौ समस्याहरु मध्येको एक थियो कर्णालीको पुल। त्यो अरुको पहलले बन्ने स्थितिमा थिएन तर तपाइले धेरैले सुन्ने गरि कराउनु भो। दुनियाँले आवाज सुन्यो समयले कोल्टे फेर्यो देशले लोकतान्त्रिक सरकार पायो, सरकारले शेरबहादुर देउबा जस्ता गृहमन्त्री पायो, तपाईं जस्तो सल्लाहकार पायो र फलस्वरूप सुदुरपस्चिमले पुल पायो दादागिरी देखाउने बिस्तारबादले गतिलो उत्तर पायो। लगत्तै २०५१ सालको ऐतिहासिक कम्निष्ट सरकारमा तपाईलाई समाबेश गरियो। कारण एउटै थियो बिदेशी सङ सम्बन्ध स्थापित गर्नु थियो र राजनितीक र कानुनी बिषयमा कुसलता पुर्वक बहस गर्न सक्ने मान्छेको खाचो थियो। र निरन्तर १५/२० बर्ष तपाइबाट सिकारुहरुले धेरै सिके, कसैले English सिके सक्सैले राजनिती सिके कसैले कानुन सिके। पार्टिमा कुनै एस्तो कार्यदल बनेन जुन कार्यदलमा क. रावल सदस्य नभएको होस।

अब, ६२/६३ को आन्दोलन पछि माओबादिहरु सङ बैचारिक लाडाई लड्नु थियो। दुनिया माओबादिको त्रासमा चरिहरुलाइ साथमा राखेर हिन्न थाले, सेना समायोजन समितिको सदस्य बन्ने आट सायदै कसैमा थिएन। सिङ्गो पार्टिले भन्यो रावल छन। तपाईले आँट गर्नु भो बिना चरिहरु युद्दको भुमरीबाट आएका भुराहरुका भरुवा बन्दुकहरुलाई राज्यको सम्पती बनाउन तपाईंले खेलेको भुमिका साहेद तपाईको बिरोध गर्ने कसम खाएर लागेकाहरुले समेत लुकेरै भएपनी तपाईको प्रशंसा गर्छन। समय कठोर भएर बदलियो तर तपाईको कठोरतामा लड्न सक्ने तागत खारिदै गयो। माधब नेपालको नेतृत्वमा सरकार बन्ने स्थिती भो तर माओबादिको जरजरतामा गृहमन्त्री चलाउने साहस अहिलेका भाले हुँ भन्नेहरु सङ्ग फिटिक्कै थिएन र तपाईलाई रोजियो।

संविधान सभामा मओबादी र मधेसी सङ बैचारिक बहस गर्ने तागत त्यतिबेला हरूवा र भरुवाहरु सङ्ग थिएन। जातिय मुद्दाको बीउ, नेपालको नाम र नक्सा फेर्ने बिदेशी षडयन्त्र ध्वस्त पार्नु थियो। तर अहिलेका भाले हुँ भन्नेहरु न त संविधानसभा भित्र थिए न त बाहिर बसेर बहस गर्ने सामर्थ्य राख्थे। त्यसैले कुनै पनि बैठकमा क. रावल बिना जान आँट कहिलै गरेनन। तपाईं माथी कयौं चोटि संविधान सभा भित्र कहिले माओबादी, कहिले मधेशबादी त कहिले काङ्ग्रेसका बिमलेन्द्रहरु जस्ताले भौतिक आक्रमण गर्न खोजे। तपाईं लडिरहनु भो तर तपाईले A B C D सिकाएकाहरुले ए हामी पनि छौं कहिलै भनेनन बरु रमिते बनेर ताली बजाए। तर सपना चुम्न हिनेको योद्धा कहिल्यै थाकेन। अगि बढी रह्यो।

नेपालमा संविधान बन्यो एमालेले सरकारको नेतृत्व गर्ने अवसर त आयो तर छिमेकीले नाकाबन्दी गर्यो। क. ओलिको नेतृत्वमा सरकार गठन भो। त्यतिन्जेल उनी धेरैका बा भैसकेका थिए र चेलाहरुलाई सोधे कस्ले कुन मन्त्रालय बस्ने भनेर तर सबै चेलाहरुको एउटै स्वर थियो यो अवस्थामा क. रावललाई जस्सरी नि सरकारमा समावेश गर्नु थियाे । उहाँसंग राष्ट्रियताको चट्टानि अडान र जोखिम मोल्न सक्ने तागत छ। चेलाहरुको सल्लाह र आफ्नो पुरानो अनुभवलाई हेरेर ओलिले जस्सरी भएपनी सरकारमा समावेश गर्ने निर्णय गरे। तपाईलाई उपको पगडी कसेर मैदानमा दौडाई यो र आफुले राष्टियताको झण्डा समाए। सरकार सफल भयो । ओलिको हाई हाई भो। तर जस्को काधमा चढेर सबै भन्दा अग्लो देखिन खोले क. ओलिले उनैलाई आज बाई बाई गरे। सायद अहिले फेरि समय कठोर भएर वदलिएको छ। पार्टी एक भो, चेलाहरु अहिले जान्ने भएका छन, समय कठिन छैन सहज छ, सरकारको थाहित्व छ, फेरि फर्केर जनतामा आउनु छैन, A B C D होइन आज अङ्ग्रेजीमै भाषण हान्ने भएका छन। त्यसले, खोला तर्यो लौरो बिर्सियो, स्वभाविक हो?

आज ९ महिनामा त्यतिबेला अवयुगको अप्सरा जस्तो हाई हाई भएको सरकार आज १९ महिनामा फर्केर हेर्दा १९ओ गलत निर्णयको सिकार भएको छ। ९ महिनामा दुनियाँको आखाको नानी बनेका ज्ञानिहरुको माया जनताको नजरमा लगभग खरानी भएको छ। जुन विधेयक ल्याउदा नि जनताको पुर्ण साथ सहयोग पाउने त्यो सरकार आज कुनै पनि विधेयक पारित गर्न सक्ने हैसियत राख्दैन तर दुनियाँका नन्दिभिरुङ्गीहरुलाई समावेश गरेर दुईतिहाई छ भनेर घमण्ड गर्छ।

तर, कामरेड, ९ महिनाको काँध थापेर अर्कोलाई झण्डा समाउन त मैल त जीवन भरी नै उठाएको छु, अझै उठाईरहन्छु भन्ने त्यो फरकिलो छाती भएको अटल योद्धा झन्डा हल्लाउने यात्रीको टोकरिको तारो होला तर जनताको नजरको तारो त्यि यात्रीहरु नै बनेका छन।साथै तपाईं तिनै जनताको आँखाको नानी हुनुभएको छ। यत्ती न हो तपाईको काँधमा टेकेर संसारक सबै भन्दा अग्लो मान्छे ठान्ने बहादुरहरु आज एक टुक्रा क्षेत्रको मुखिया जस्तो देखिन्छन तर तपाईं जनताको आवाज, आन्दोलनको नायक।

अन्तमा, कामरेड, तपाईका पनि कयौं कमजोरी छन् हाेलान् तिनिहरुलाई तपाईले चिन्नै पर्छ र सच्याउन पर्ने खालका भए सच्याउन पर्छ त्यो तागत तपाईं सङ्ग छ। तपाईले उठाएका हरेक मुद्दा आज जनताका सरोकारका मुद्दा हुन। तर तपाईं जसरी मैदानमा लडिरहनु भएको छ त्यसरी नै तपाईको पक्षमा हजारौं हजार युवाहरु प्रत्यक्ष/अप्रत्यक्ष रुपमा लडिरहेका छन र तपाईको यो स्वाभिमानी लाडाईमा हमेसा साथ दिई नै रहने छन। तर, त्यी तपाईका सुभचिन्तकहरु सामु तपाईका बिरोधिहरुले लगाउने एउटै मात्र प्रश्न बाकी छ क. रावलले मन्त्री पद नपाएर र पाउनका लागि बोलिरहेका हुन भनेर। सायद म जस्ता धेरै शुभचिन्तकहरुले झेलेको प्रश्न हुन पर्छ यो। त्यसैले, मेरो प्रिय कामरेडलाई मेरो हृदयको गहिराईबाट यो क. माक्सको जन्म भुमिमा बसेर हार्दिक अनुरोध छ कि तपाईले जिवनमा उपप्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हाली सक्नु भएको छ अब तपाईको नेतृत्व हेर्न जनता आतुर छन। तसर्थ, तपाईले सार्वजनिक रुपमा अब म मन्त्री/उपप्रधानमन्त्री बन्दिन अब म जनताको प्रिय प्रधानमन्त्री बन्ने अवसर आए बन्छु नत्र बाँकी जीवन पार्टिको जिम्मेवारी सम्हालेर बस्छु भनेर जनता माझ बाचा गर्ने विनम्र अनुरोध गर्दछु। यदि तपाईले यत्ती गर्नु भएछ भने तपाईले २०६३ शिक्षामन्त्री छोडेको भन्नेकुरा जनताले बिश्वास गर्नेछन। तपाईमा त्यागको भावना समेत त्यत्तिकै बलियो रहेछ भन्ने जनताले आभास गर्नेछन। तपाईका आधा बिरोधी त्यतिकै बेहोस हुनेछन, तपाईंले गर्दा आफ्नो मन्त्री पद गुमाइने हो कि भनेर डराएकाहरु तपाईको भक्त हुनेछन। मैदानमा प्रत्यक्ष/अप्रत्यक्ष लडिरहेका तपाईका सुभचिन्तकहरुको मनोबल उच्च हुनेछ। तपाईलाइ जनताले उच्च सम्मान गर्नेछन। तपाईको काँधमा बसेर संसारकै अग्लो र सबै भन्दा राष्टबादी देखिएकाहरुले तपाईलाई दिईरहेका धम्की, आश्वासन र षड्यन्त्रका जालहरु सदाको लागि रद्दिको टोकरिमा सेलाउनेछन र तपाईलाइ राजनेता बन्ने बाटोको आधा तगारो हटेर तपाईं पौडेको बाउली खोला र बुढिगङ्गामा जसरी वार पार गर्नुहुन्थ्याे त्यसरी नै तपाईको सपनाको गङ्गामा पौडेर आफू पारी पुगेर देश र जनतालाई समेत तार्न सफल हुनुहुन्छ।

उही तपाईको एक सच्चा शुभचिन्तक
हरिलाल भट्टराई
हाल: University of Bonn, Germany

Leave a Reply

Your email address will not be published. Required fields are marked *