प्रदीप पौडेलले लगाए ज्ञानेन्द्र शाह र केपी ओलीमा फरक भनेको श्रीपेच मात्रै हो भन्ने आरोप

प्रदीप पौडेलले लगाए ज्ञानेन्द्र शाह र केपी ओलीमा फरक भनेको श्रीपेच मात्रै हो भन्ने आरोप

0 Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पूर्व राजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच केही फरक नभएको आरोप लगाएका छन्।
बिहीबार माइतीघर मण्डलामा नेपाल विद्यार्थी संघले सूचना प्रविधि विधेयकको विरोधमा गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो आरोप लगाएका हुन्।

‘नेकपाले गणितीय हिसाबले दुईतिहाइ ल्याएको छ। यो अंक गणितको हो, पूर्ण समीकरण होइन। अंक गणितको बलमा जनतामाथि टेक्ने कोसिस नगर्नुस्,’ उनले भने, ‘हिजो ज्ञानेन्द्रको टाउकोमा श्रीपेच थियो आज केपी ओलीको टाउको छैन फरक यत्ति हो।’ उनले लोकतन्त्र खोस्‍ने कोशिस गर्दा ज्ञानेन्द्रले भोग्नु परेको नियति केपी ओलीले निम्त्याइरहेको पनि टिप्पणी गरे। उनले प्रधानमन्त्रीलाई आफू राजा भएको घमण्ड रहेको आरोप पनि लगाए। ‘हामीले यही माइतीघरमा बसेर सुरु गरेको आन्दोलनले ज्ञानेन्द्रको आजाव बन्द भयो त्यो प्रवृति बन्द भएको रहेनछ। ओलीजीको टाउकोमा श्रीपेच छैन । तर ओलीजीको मस्तिष्कभित्र श्रीपेच अझै छ,’ उनले भने, ‘तर, ओलीजीको प्रवृत्ति श्रीपेच लगाउनेको जस्तै छ ।’ उनले राजाको ठाउँमा नयाँ राजा स्थापना भएको आरोप लगाए। लोकतन्त्रलाई हेर्ने राजाको नजर र केपी ओली नेतृत्वको सरकारको नजर उस्तै रहेको उनको तर्क छ।

उनले सरकारले ल्याएको सूचना प्रविधि विद्येयकको सबै क्षेत्रबाट विरोध गर्न जनतालाई आग्रह पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *