पोखरा प्रिमियर लिगको उपाधि पारसको चितवनलाई

पोखरा प्रिमियर लिगको उपाधि पारसको चितवनलाई

164 Shares

पोखरा प्रिमियर लिग पिपिएल क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ । दास्राे संस्करणको विजेता बनेको चितवन समूह चरणका सवै खेल जित्दै फाइनलमा प्रवेश गरेको थियाे ।

फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै दास्राे संस्करणको उपाधि जितेको हो । पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो ।

२०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा १७० रन मात्रै बनाउन सक्यो । पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ हात पार्दा उप विजेता भएको विराटनगर टाइटन्सले १० लाख रुपैयाँमा चित्त बुझायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *