सागको समापन कार्यक्रममा प्रधानमन्त्रीले बालुवाटारबाट पठाए यस्तो सन्देश

सागको समापन कार्यक्रममा प्रधानमन्त्रीले बालुवाटारबाट पठाए यस्तो सन्देश

72 Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताले यस क्षेत्रका राष्ट्रबीच मित्रता अझै प्रगाढ सम्बन्ध बढाएको बताएका छन् । १३ औँ सागको दशरथ रंगशालामा भइरहेको समापन समारोहलाई सरकारी निवास बालुवाटारबाट भिडियो सन्देश दिदै सन्देशमार्फत् सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने साग गेमको ठूलो महत्व छ ‘यो आजैबाट अत्यन्तै सफलतापूर्वक सकिँदैछ। म खुसी भएको छु। सफलतापूर्वक सकिएकोमा म अत्यन्तै खुसी छु ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ
दक्षिण एसियाका लागि ‘मिनी ओलम्पिक’ मानिने दक्षिण एशियाली गेमको अत्यन्तै ठूलो महत्व छ। र, यो गेम आजैबाट अत्यन्तै सफलतापूर्वक सम्पन्न हुँदैछ। म खुशी व्यक्त गर्न चाहन्छु, भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ। यसवर्ष यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीहरूको सहभागीता, पहिले कहिल्यै भन्दा बढी खेलहरूको संलग्नता रहेको छ। र पदकहरू पनि यस पटकको १३ औं साग गेममा पहिले भन्दा धेरै राखिएका छन्। समग्रतामा भन्दा एउटा सफल र ऐतिहासिक खेलकुदको रूपमा रहेको छ। दक्षिण एशियाली खेलकुदले दक्षिण एशियाली देश र जनताबीचमा एकता, मित्रता अभिवृद्धि गर्ने कुरालाई अपेक्षा गरिएको हुन्छ। त्यो अपेक्षा यस पटकको १३ औं दक्षिण एशियाली खेलकुदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको छ। यस सन्दर्भमा म संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई भन्न चाहन्छु। धन्यवाद भन्न चाहन्छु। काठमाडौं, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकुदहरू सञ्चालन हुनु र सफलतापूर्वक समग्र दक्षिण एशियाली खेलकुदको सुखद समापनमा हामी आइपुग्नु ज्यादै खुशीको कुरा हो। यस सन्दर्भमा यस सफलताका लागि योगदान गर्नुहुने नेपाल लगायत सबै सहभागी देशका सरकारहरू, खेलाडीहरू, प्रशिक्षकहरू सबैलाई पनि म धन्यवाद भन्न चाहन्छु। अत्यन्तै भव्य रूपमा सफल भएको यस दक्षिण एशियाली खेलकुदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पुर्‍याउनेछ भन्ने मैले विश्वास लिएको छु। विभिन्न मित्र देशका यस खेलमा सहभागीहरूले खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्ने गरी योगदान गर्नुहुनेछ भन्ने पनि मैले अपेक्षा गरेको छु। ‘होस्ट कन्ट्री’का खेलाडीका हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्रभागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरूले यस खेलमा गरेका छन्, म नेपाली खेलाडीहरूलाई त्यसका निम्ति हार्दिक धन्यवाद भन्न चाहन्छु। जुन सफलता प्राप्त गरेका छौं, सबै सफलता प्राप्त गर्ने खेलाडीहरूलाई बधाई भन्न चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *