बधाई ! माल्दिसभ्सलाई हराउँदै नेपाल फाइनल नजिक

बधाई ! माल्दिसभ्सलाई हराउँदै नेपाल फाइनल नजिक

1K Shares

काठमाडौं । बलियो टोली माल्दिसभ्सलाई हराउँदै नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा फाइनल नजिक पुगेको छ ।

शनिबार भएको समूह चरणको महत्वपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता भने माल्दिभ्सले लिएको थियो । उसका लागि १८औं मिनेटमा इब्राहिम हुसेनले गोल गरेका थिए ।

तर नेपालका अभिषेक रिजालले बराबरी गोल फर्काए ।

नेपालले त्यसअघि पनि केही राम्रा अवसर पाएको थियो । तर त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन ।

दोस्रो हाफमा अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाए । र, त्यही २-१ को अन्तरमा खेल जित्यो । Onlinekhabar बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *